नेपाल १६ रनले पराजित

न्युजलय ३ फाल्गुण २०७८, मङ्गलबार ०१:२१ मा प्रकाशित

काठमाडौ । नेपाल टेस्ट मान्यता प्राप्त आयरल्यान्डसँग १६ रनले पराजित भएको छ । 

चारदेशीय टी–२० क्रिकेट सिरिजमा ब्याटिङ कमजोर भएपछि नेपाल आयरल्यान्डसँग हारेको हो । आयरल्यान्डविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेपनि ब्याटिङमा चम्कन नसक्दा हारेको हो । आयरल्यान्ड २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रनमा समेटिएको थियो ।

सहज लक्ष्य पछ्याएको नेपालले २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन मात्र जोड्यो । 

आयरल्यान्डसँगको प्रतिस्पर्धामा दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरेका थिए । उनले बलिङ, फिल्डिङ र ब्याटिङ क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपालले जित निकाल्न सकेन । यसै प्रदर्शनका कारण उनी खेलकै म्यान अफ दी म्याच घोषित भए । ब्याटिङ क्रममा उनले ३० बलमा २८ रन जोडे भने फिल्डिङ गर्दा दुई क्याच लिए ।