काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि हमला भइरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आर्थिक हिसावले देश कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको दाबी गरे ।
उनले बनावटी रुपमा मूल्यवृद्धि गर्दा आम जनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुई थरी तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताए। सरकारले बनावटी अभाव देखाएर किसानको मलको मागलाई पूरा गर्न नसकेको उनको आरोप थियो।