काठमाडौं । भारत सरकारले अब पिठो, मैदा र सुजी निर्यातमा कडाइ गर्ने निर्णय गरेको छ। यसअघि भारत सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएको थियो।
अब गहुँको पिठो, मैदा, सुजी आदि निर्यातकर्ताले निर्यात निरीक्षण परिषद्बाट गुणस्तर प्रमाणपत्र लिनुपर्नेछ। सरकारले भर्खरै एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
यसअघि वैदेशिक व्यापार महानिर्देशनालयले गत असारमा गहुँको पिठो, मैदा र सुजी निकासीका लागि गहुँसम्बन्धी अन्तरमन्त्रालयीय समितिबाट स्वीकृति लिनुपर्ने जनाएको थियो। महानिर्देशनालयले एक सूचना जारी गर्दै यो जानकारी दिएको हो।
समितिको स्वीकृतिपछि गहुँको पिठोलगायतका यी उत्पादनको गुणस्तरका लागि दिल्ली, मुम्बई, चेन्नई र कोलकातास्थित निर्यात निरीक्षण परिषद्बाट गुणस्तर प्रमाणपत्र लिनुपर्ने सूचना जारी गरिएको छ।
सरकारको यो कदम भारतीय बजारमा पिठोको मूल्य नियन्त्रण गर्ने प्रयाससँग जोडिएको बताइएको छ।