काठमाण्डौ । दश लाख नगदसहित १७ लाख बराबरको अबैध सामानसहित जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा लु.अ.अ.भ. १८४७ नम्बरको ट्रकका चालक नेर्पा गाँउपालिका–६ खोटाङका ३४ वर्षीय नवराज राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार राईले चलाएको कबाट १० लाख रुपैयाँ नगद र विल विजक नभएको ७ सय २० प्याकेट अन्दाजी ६ लाख ८४ हजार मुल्य बराबरको रजनिगन्धा नियन्त्रणमा लिएको हो ।
कमलामाई नगरपालिका ४ हिरापानि चेकपोष्टमा खटिएको प्रहरीले उदयपुरको गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रक चेकजाँच गर्नेक्रममा उक्त नगद र अवैध सामान फेला पारिएको हो ।
उक्त ट्रक र चालक राइलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय पथलैया पठाइएको बताइएको छ ।