प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

न्युजलय ३० साउन २०७९, सोमबार ०६:२५ मा प्रकाशित

काठमाडौँ । प्यूठानको नौबहिनी गाउँपालिका–६ मा आइतबार दिउँसो भएको जीप दुर्घटनामा एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ ।

नौबहिनी गाउँपालिका –५ डामृका रेमसरा बुढामगरका दुई छोरी ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी छोरी चेतना बुढामगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै सवारी चालक २५ वर्षीय लुकेश थापाको उपचारकै क्रममा बिजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । उनको सोमबार बिहान मृत्यु भएको हो । 

घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।