काठमाडौँमा सञ्चारिका समूहको ८औँ महाधिवेशन सुरू

न्युजलय ११ चैत २०७८, शुक्रबार ०५:०१ मा प्रकाशित

काठमाडौँ । सञ्चारिका समूहको आठौं महाधिवेशन काठमाडौँमा सुरु भएको छ। 

काठमाडौंको रोयल सिंगे होटलमा शुक्रबारबाट सुरु भएको महाधिवेशनलाई उपराष्ट्रपति पुनले उद्घाटन गरेका हुन् ।

महाधिवेशनले नयाँ नेतृत्व टुंग्याउने छ। अध्यक्षमा अहिलेसम्म तीन जनाको दाबेदारी छ।

जसमा विमला तुम्खेवा, कमला पन्थी, नितु पण्डित छन् भने महासचिवमा यशोदा अधिकारीलगायत रहेको जनाइएको छ ।