वीपीका काम गर्न नसकेपछि डा. यादव काठमाडौँ फर्किए

शंकर खत्री २४ माघ २०७८, सोमबार ०५:१२ मा प्रकाशित

इटहरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दैनिक आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्न आएका डा. श्यामसुन्दर यादव मन्त्रालय नै फर्किएका छन् । 

प्रतिष्ठानमा काम गर्न ‘वीपी प्रतिष्ठान संचालन ऐन २०४९’ बाधक भएर कुनै काम गर्न नसकेकाले उनि काठमाडौँ फर्किएका हुन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित शिक्षध्यक्ष प्रा.डा गुरु खनाल र अस्पताल निर्देशक डा.गौरीशंकर साहलाई काम गर्न रोक लगाउँदै स्वास्थ्य मन्त्रालयका १२ तहका सर्जन डा. यादवलाई प्रतिष्ठानको कार्यकारी कार्यभार सुम्पेर माघ ६ गते प्रतिष्ठान पठाएको थियो । 

तर, प्रतिष्ठानमा आएको तीन सातासम्म सामान्य छलफल बाहेक उनले केहि काम गर्न सेकका थिएनन् । उनलाई मन्त्रिपरिषद्को बैठकबाट प्रतिष्ठानको दैनिक आर्थिक तथा प्रशासनीक क्रियाकलाप सञ्चालन गर्ने कार्यभार दिइएको थियो । तर प्रतिष्ठानको ऐन र नियमामवलीमा आर्थिक क्रियाकलाप उपकुलपती वा उपकुलपतिको अनुपस्थितिमा उपकुलपतिले तोकेको व्यक्तिे गर्ने उल्लेख छ । 

सोहि कारण उनले प्रतिष्ठानमा काम गर्न नसकेका हुन् । आफूले प्रतिष्ठानमा बसेर कुनै काम गर्न नसकेकाले अब मन्त्रालयमा नै गएर यस विषयमा छलफल गर्ने न्युजलयासँगको कुराकानीमा डा. यादवले जानकारी दिए । त्यसका लागि आफू आज (सोमबार) विहानै मन्त्रालय प्रस्थान गरेको उनले बताएका छन् । 

यहाँ रहँदा उनले आन्दोलनरत पक्ष, प्रतिष्ठानका कर्मचारी, विभागीय प्रमुख र सरोकारवालसँग प्रतिष्ठानको समस्याका विषयमा छलफल गरेका थिए । छलफलमा आएका विषयहरु आफूले टिपोट गरेको र त्यसलाई मन्त्रालय मार्फत सरकारलाई बुझाउने उनको भनाइ छ । ती समस्या समाधानका लागि आफूले प्रयास गर्ने पनि उनको भनाइ छ । प्रतिष्ठानका डा। यादव आएपछि आर्थिक गतिविधि शून्य भएको थियो । 

फलस्वरुप प्रतिष्ठानको अवस्था झन् झन् नाजुक बन्दै गएको छ । प्रतष्ठिानमा दैनिक आवश्यकिय सामग्री खरिद पनि हुन सकेको छैन । जसले विरामी उपचारमा समेत समस्या उत्पान्न भएको छ । यति मात्रै होइन् प्रतिष्ठानमा भाइरसको भौतिक संरचना विकासको काममा पनि अल्पविराम लागेको छ । यसले प्रतिष्ठान अझै धरासी बन्दै गएको सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका छन् ।