काठमाण्डौ । भक्तपुरमा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ भने दुई जना बेहोस भएका छन् ।
सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
रामेछाप मन्थली नगरपालिका घर भई सो ठाउँमा डेरा गरी बसेका ३० वर्षीय अभिषेक रम्तेल, उनकी श्रीमती २८ वर्षीया पसुना तामाङ र तीन महिने छोरा बस्थे।
शनिबार बेलुकी खाना खाएर उनीहरूले कोठामा आगो तापेर सुतेका थिए। तर आइतबार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो।
प्रहरीले झ्यालबाट हेर्दा उनीहरूलाई अचेत अवस्थामा देखेपछि तत्कालै मध्यपुर अस्पताल लगिएको थियो।
अचेत अवस्थामै अस्पताल पुर्याएका उनीहरुको अहिले पनि होस आइसकेको छैन। अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उपचारको क्रममा बिहान तीन महिने छोराको मृत्यु भएको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।