बलात्कारको आरोपपछि निलम्बित भएका प्रहरी जवान दाहाल मृत फेला

न्युजलय २३ चैत २०७८, बुधबार १२:२७ मा प्रकाशित

विराटनगर । बलात्कारको आरोप लागेर निलम्बनमा परेका प्रहरी जवान जितविक्रम दाहाल मृत फेला परेका छन् ।


सुनसरीको शुक्रबारेमा कार्यरत २६ बर्षीय प्रहरी जवान दाहालको शव बिराटनगर स्थित घर नजिकै झुण्डिएको अवस्थामा फेला परेको हो । दाहाल विराटनगर महानगरपालिका ५ का स्थायी बासिन्दा हुन् । दाहालको शव घरनजिकको भोगटेको रुखमा गाम्छाको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।


उनीमाथि महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेको थियो। अदालतबाट धरौटीमा छुटेपछि गत पुष देखि उनी घरमै बस्दै आइरहेका थिए । अदालतबाट धरौटीमा छुटेको भएपनि उनको जागिर बिचाराधिन अवस्थामै थियो ।