टुँडिखेलबाट रवि लामिछानेले भने– ‘बालाई ससम्मान बिदा गरौँ

न्युजलय ११ भदौ २०७९, शनिवार १०:०७ मा प्रकाशित

काठमाण्डौ । रवि लामिछानले ‘पछाडि बा आउने’ तीन जनालाई आगामी चुनावमा बिदा गर्नुपर्ने बताएका छन् ।  

राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले शनिबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानले केपीबा, देउबा र नानीका बालाई आगामी चुनावबाट सम्मान बिदा गर्नुपर्ने बताएका हुन् । 

उनले केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई बिदा गर्नुपर्ने बताएका हुन् । 

कुनै बेला टेलिभिन कार्यक्रममा आफूले घुमेर किक हान्न मन छ भनेको विषयमा स्पष्टीकरण दिँदै उनले अब त्यसलाई सच्याउने बताए ।

उनले त्यो किकलाई अब मतका रुपमा आउनुपर्ने बताए । उनले अब टुँडिखेलबाट सबै पूराना नेताहरूलाई बिदा गर्नुपर्ने भन्दै त्यसलाई सच्याएको बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं बाहिरका विभिन्न स्थानमा भेला गरेपछि शनिबार राजधानी काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।

सो सम्मेलनलाई सम्बोधन गर्दै लामिछानेले अहिलेका राजनीतिक दल र ती दलका नेताहरूलाई आलोचना गर्दै आफूलाई मत दिन आह्वान गरे ।