नेकपा(एमाले) जिल्ला कमिटी सुनसरीको मतगणना पुनः सुरु

न्युजलय २९ पुस २०७८, बिहिबार ०५:४० मा प्रकाशित

इनरुवा । नेकपा(एमाले) को २७ गते सम्पन्न भएको मतदानको मतगणना बिहिबार(आज) बिहान  ११ः३० बजेबाट पुनः सुरु भएको छ। 

मतगणना बुधबार(हिजो) १ बजे बाट सुरु  भई बेलुका ७ः०० बजे सम्म १७३ मतगणना गर्दै स्थगित भएको थियो। 

अहिले पुनः मतगणना सुरु भएको छ । आज पदाधिकारीहरुको मतगणना सम्पन्न गर्ने र सदस्यहरुको मतगणना गर्ने गरि मतगणना लाई अघि बढाईएको बताइएको छ ।

आज १०० मत गन्दा रेवती भण्डारी ५०, खेमराज पाख्रेल ४३ र द्वारिक चौधरीले ७ मत प्राप्त गरेका छन् ।