प्रेस चौतारी इटहरीको तेस्रो अधिवेशन सम्पन्न, रेवती निरौलाको अध्यक्षतामा नयाँ कमिटी गठन

न्युजलय ३ फाल्गुण २०७८, मङ्गलबार १२:२१ मा प्रकाशित

इटहरी । प्रेस चौतारी नेपाल इटहरी उपमहानगर कमिटीको तेस्रो अधिवेशनले रेवती निरौलाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ ।


सर्वसम्मत सम्पन्न अधिवेशनले नयाँ कमिटीको उपाध्यक्षमा शैलेन्द्र चौधरी, महिला उपाध्यक्षमा सिमा बस्नेत, सचिवमा शंकर खत्री, उपसचिवमा पारस सुवेदी, खगेन्द्र बिक र कोषाध्यक्षमा रोजी खतिवडालाई चयन गरेको हो ।


पछि २ जना सदस्य मनोनित गर्ने गरि १५ सदसिय नयाँ कमिटीको सदस्यहरुमा मिलन जजल राई, सुरेश बस्नेत, सुजता घिमीरे, आशिष चौधरी, तारा भट्टराई र मनोज अधिकारी रहेका छन् । 


निवर्तमान अध्यक्ष त्रिलोचन पौडेलको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न खुला सत्रमा इटहरी क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका एरिना टेलिभिजनकी रञ्जना पौडेल र हिमशिखर टेलिभिजनका पारस सुवेदीलाई सम्मान गरिएको थियो ।  


कार्यक्रममा अग्रज पत्रकार कृष्ण विनोद लम्साल, एमाले नेता रामप्रसाद चौलागाई, टेलिभिजन पत्रकार संघ सुनसरीका अध्यक्ष सचिन पोखरेल, प्रेस चौतारी नेपालका केन्द्र सदस्य शेखर ढकाल, जिल्ला अध्यक्ष सुभद्रा प्याकुरेल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।