चुनावी सभालाई सम्बोधन गर्न ओली झापा जाँदै

न्युजलय २० बैशाख २०७९, मङ्गलबार ०४:२१ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार (आज) झापा आउँदै छन् । 

गृह जिल्लासमेत रहेको झापामा चुनावी सभालाई सम्बोधन गर्न ओली आज बिहान १० बजे झापा आउँने भएका हुन् । 

अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, विर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने बताइएको छ ।