इटहरी । टोपि दिवससँगै अंग्रेजी नयाँ वर्षको अवसरमा नेपाल तरुण दल १२ नं. वार्ड कार्य समिति इटहरीले खनार चोक आसपास स्कुल क्षेत्रमा जेब्रा क्रसिङ बनाएको छ ।
बाटो हिड्ने मानिसको सजिलोको लागि जेब्राक्रस रंगाइएको समितिका सभापति योगेश राजवंशी (आकाश) ले जानकारी दिए । कार्यक्रममा जिल्ला सदस्य जेनिश दाहाल, विवेक भट्टराई केशव दुलाल, तरुण दल केन्द्रीय पार्षद सदस्य सुबोध प्रसाद घिमिरे, नेपाली काङ्रेसका नेता हिरा दाहाल, तेजेन्द्र कार्की, अर्जुन कार्कीलगायतको उपस्थिति थियो ।