प्रचण्डले गरे धरान पुगेर वृक्षारोपण

न्युजलय १० भदौ २०७९, शुक्रबार ०६:५५ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले धरान पुगेर वृक्षारोपण गरेका छन्।

धरान उपमहानगरपालिकाको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै दाहालले वृक्षारोपण गरेका हुन्। 

शुक्रबार(आज) धरान पुगेका प्रचण्डले उपमहानरको आयोजनामा वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा वृक्षारोपण गरेको बताइएको छ । 

केहीदिन अघि धरानका मेयर हर्क साम्पाङ काठमाडौं आउँदा प्रचण्डलाई रूख रोप्न निम्ता गरेका थिए।  साम्पाङको नेतृत्वमा धरानमा हरेक शुक्रबार वृक्षारोपण कार्यक्रम आयोजना हुने गरेको छ।