जनता र जलवायुप्रति सचेत होऔं : प्रधानमन्त्री ओली

न्युजलय ६ पुस २०८१, शनिवार १०:१८ मा प्रकाशित

इटहरी । जनता र जलवायुप्रति सचेत हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् । 

इटहरीमा आजदेखि सुरु भएको नेपाल जेसिसको अधिवेशनमा बोल्दै प्रधानमन्त्री ओलीले मानवजातिको हितका लागि जनताको हित र जलवायुको संरक्षणका लागि लागिपर्नुपर्नेमा जोड दिएका हुन् । 

नेपाल जेसिसले वातावरण र मानिसको लागि लामो समयदेखि काम गरिरहेको बताउँदै उनले समृद्ध नेपाल र सुखी नेपालीका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राखे । 

इटहरीमा सुरु महाधिवेशनमा देशभरबाट गरी पाँच हजार युवाहरुको सहभागिता रहेको छ । महाधिवेशन तीन दिन चल्नेछ ।