काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ ।
पीएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १–० ले पराजित गरेको हो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा फरवार्ड केलियन एमबाप्पेको गोलमा पीएसजीले पाहुना टोली रियललाई हराएको हो । खेलको ६२औं मिनेटमा लियोनल मेस्सी पेनाल्टीमा चुक्दा पीएसजी अग्रता लिन चुकेको थियो ।
पहिलो लेगको जितसँगै पीएसजीलाई क्वाटरफाइनल पुग्न केही सहज भएको छ । दोस्रो लेग आउँदो मार्च ९ तारिखमा हुनेछ ।