एटिएम मेसिन तोडफोड गर्ने बराहक्षेत्रका राई पक्राउ

न्युजलय २८ असोज २०८२, मङ्गलबार ०८:०० मा प्रकाशित

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बयरवनमा रहेको प्रभु बैंक लिमिटेडको एटिएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्र–१ खारखोलाका २७ वर्षीय सञ्जीव राईले एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।