बिपी प्रतिष्ठानमा उपचाररत धरानकी कोरोना संक्रमित महिलाको मृत्यु

न्युजलय १५ माघ २०७८, शनिवार ०५:२४ मा प्रकाशित

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। 

धरान –९ की ७६ वर्षीया महिलाको कोरोनाका कारण शनिबार(आज) बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। महिला मधुमेहकी बिरामी थिइन्। कोरोना पोजेटिभ देखिएपछि शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन्। 

कोरोनाको खोप लगाएको भए पनि उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।