सन्दीपको मुद्दामा आगामी जेठ १ गते पेशी

न्युजलय २३ बैशाख २०८१, आइतबार ०८:३२ मा प्रकाशित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आगामी जेठ १ गते पेशी तोकिएको छ । 

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन गएका थिए । उनको उक्त पुनरावेदन मुद्दामा आज पेशी भएपनि न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित भएको थियो ।

उनको मुद्दामा आज मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तोकिएपनि यसअघिको सुनुवाइमा न्यायधीश निरौलाले नै झगडिया झिकाउने आदेश दिएको कारण हेर्न नमिल्ने सूचीमा परेको हो ।