इटहरीमा छिमेकीद्वारा वृद्धाको हत्या

न्युजलय १९ मङ्सिर २०८०, मङ्गलबार ०२:५४ मा प्रकाशित

इटहरी । इटहरी २ स्थित शान्तिझोडामा एक वृद्धाको खुकुरी प्रहार गरी हत्या गरिएको छ । शान्तिझोडास्थित राई टोलमा बसोबास गर्दै आएकी ६५ वर्षिया मधुमाया पुरीको आइतबार दिउँसो ३ बजे हत्या गरिएको हो ।

हत्या आरोपमा पुरीका छिमेकी ४० वर्षीय सन्तोष राई पक्राउ परेका छन् । गम्भीर घाइते पुरीको स्थानीय सामुदायिक अस्पताल तरहरामा उपचारको क्रममा मृत्यु भएको हो । 

घटनाकी प्रत्यक्षदर्शी मृतककी बुहारी सरू पुरीलाई पनि खुकुरी प्रहार गरिएको र पाखुरामा चोट लागेको स्थानीयले बताएका छन् ।