इटहरी । नेप्ली मिडिया प्रा.लि.को आयोजनामा रामधुनी नगरपालिका वडा नं १ मा तीन दिने बाल सशक्तिकरण तालिम सम्पन्न भएको छ ।
बाबुराम कार्की तथा सुजता घिमिरेले प्रशिक्षण दिएको तालिममा ३० जना बालबालिकाको सहभागिता रहेको कार्यक्रम संयोजक ज्योति पोख्रेलले जानकारी दिइन् । तालिम सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामधुनी नगरपालिका वडा नं १ का अध्यक्ष महेश चौधरीले बालबालिकाको विकासका लागि वडाले अझ बिभिन्न किसिमका तालिम तथा अन्य कार्यक्रम गराउने प्रतिबद्धता व्यक्त गरे ।
यस तालिमबाट उद्घोषण कलाको बिकास भएको साथै योग कलाको ज्ञान प्राप्त भएको भन्दै बालबालिकाले खुसी व्यक्त गरेका छन् ।