इटहरीमा १४ जना सहित प्रदेश १ मा ९४ जनामा कोरोना पुष्टि

न्युजलय १२ कार्तिक २०७८, शुक्रबार १२:३४ मा प्रकाशित

विराटनगर । इटहरीमा १४ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


५५७ जनाको पीसीआर परीक्षण गर्दा ७० र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २८, झापामा २१, सुनसरीमा २० र इलाममा १ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज ६३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २६ महिला र ३७ पुरुष रहेका छन् ।


पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।