थप ८ जनामा कोरोना संक्रमण पुष्टि

न्युजलय २६ बैशाख २०७९, सोमबार १०:३४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमवार ३ हजार २ जनामा गरिएको नमुना परीक्षणका क्रममा ६ जनामा पीसीआरमार्फत र २ जनामा एन्टीजेनमार्फत कोरोना पुष्टि भएको हो ।

यससँगै मुलुकभर हालसम्म पीसीआर परीक्षणमार्फत ९ लाख ७८ हजार ९४८ जनामा र एन्टीजेन परीक्षणमार्फत १ लाख ४० हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस दिन १७ संक्रमित उपचारपछि निको भएका छन् ।