आजदेखि सरकारलाई कर्मचारी सरुवा, पदस्थापनदेखि राजनीतिक नियुक्तिसम्मका निर्णय गर्न रोक

न्युजलय २० भदौ २०७९, सोमबार ०५:४५ मा प्रकाशित

काठमाण्डौ । सरकारले सोमबार (आज) देखि कर्मचारी सरुवा,पदस्थापनादेखि राजनीतिक नियुक्तिसम्मका निर्णय गर्न नपाउने भएको छ । 

४ मंसिरको चुनाव सरकारी निर्णयबाट प्रभावित नहोस् भन्नका लागि निर्वाचन आयोगले २० भदौसम्मको समयसीमा तोकेको थियो ।

चुनाव सुरु हुनुभन्दा साढे दुई महिना पहिलादेखि आयोगले सरकारी निर्णयमा अंकुश लगाएको हो । सत्तामा रहेर चुनाव प्रभावित पार्ने चलखेल हुने भन्दै कर्मचारी सरुवा तथा राजनीतिक नियुक्तिमात्र होइन, चुनाव केन्द्रीत शिलान्याश र उद्घाटनमा समेत रोक लगाएको छ ।