राष्ट्रपतिले बेलुका ५ बजेपछि मात्रै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने

न्युजलय ३० असार २०८१, आइतबार ०९:०७ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बेलुका ५ बजेपछि मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् ।  

आज बेलुका ५ बजेसम्म सरकार गठनका लागि दिएको समय नै बाँकी रहेको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समयसीमा सकिएपछि मात्रै राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओलीले गएको शुक्रवार नै प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै हुने भए पनि शपथ कार्यक्रम भने भोलि हुनेछ ।