काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । चार वर्षे कार्यकालका लागि आज बिहान ८ बजेबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार निर्वाचन साँझ ५ बजेसम्म हुने छ ।
निर्वाचन पश्चात् आजै सभापतिको मतगणना सुरु हुने उनले जानकारी दिए ।
१६७ सदस्यीय केन्द्रीय कार्यसमिति मध्ये १३४ पदमा प्रत्यक्ष निर्वाचन हुनेछ । बाँकी रहेको पद भने सभापति निर्वाचित भएपछि मनोनीत गर्न पाउने विधानमा व्यवस्था छ ।