पशुपतिनाथको भेटी चोर्ने कोषका कर्मचारीसहित आठ जना पक्राउ

न्युजलय ८ जेठ २०८१, मङ्गलबार ०५:५७ मा प्रकाशित

 काठमाडौँ । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका बताइएको छ ।

परियार पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको कोषले जनाएको छ ।

परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।