मेष । धैर्यताले सफलता नजिक ल्याउनेछ। परिवारको साथ महत्वपूर्ण रहनेछ। व्यापारमा सामान्य लाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग क्रीम हो भने शुभ अंक ५ रहेको छ।
वृष । नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा प्रशंसा पाइनेछ। सिर्जनात्मक सोच बढ्नेछ। नयाँ योजना सफल बन्नेछ। अधुरा कामहरू पूरा गर्ने प्रेरणा जाग्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
मिथुन । काममा ध्यान केन्द्रित गर्नुपर्नेछ। सानो प्रयासले ठूलो उपलब्धि दिन सक्छ। सहकर्मीबाट सहयोग मिल्नेछ। समय व्यवस्थापन महत्वपूर्ण हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट । सम्बन्ध सुधार गर्ने समय आएको छ। आर्थिक पक्षमा सावधानी अपनाउनुहोस्। यात्राबाट लाभ मिल्न सक्छ। मनमा शान्ति रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
सिंह । आत्मविश्वासले काम सजिलो बनाउनेछ। गोप्य योजना सफल हुन सक्छ। परिवारमा खुशीको वातावरण रहनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
कन्या । नयाँ अवसरले उत्साह थप्नेछ। काममा प्रगति देखिनेछ। अध्ययनमा सफलता मिल्नेछ। यात्राले अनुभव बढाउनेछ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ७ रहेको छ।
तुला । परिश्रमको फल प्राप्त हुनेछ। आर्थिक सुधार देखिनेछ। सहकार्य लाभदायक हुनेछ। धैर्यले सफलता दिलाउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिक । नयाँ विचारले काममा उन्नति ल्याउनेछ। साथीबाट सहयोग मिल्नेछ। योजनामा स्पष्टता आवश्यक छ। सवारी चलाउँदा सजग रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
धनु । आत्मिक शान्ति महसुस हुनेछ। काममा सन्तुष्टि प्राप्त हुनेछ। परिवारसँग समय बित्नेछ। आर्थिक विषयमा सजग रहनु उपयोगी हुनेछ। सृजनात्मकता बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
मकर । नयाँ कामतर्फ आकर्षण बढ्नेछ। निर्णय क्षमताले राम्रो परिणाम दिनेछ। परिवारको साथले हौसला बढ्नेछ। दैनिकी काम सहज रुपमा अघि बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ । वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आत्मविश्वासको कमीले आएको अवसर गुमाउनु पर्ला। पुरानो विषयमा अल्झिन सक्नुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मीन । परिवारसँग रमाइलो समय व्यतीत हुनेछ। भावनामा सन्तुलन आवश्यक देखिन्छ। नयाँ चिनजानबाट लाभ उठाउन सकिनेछ। भौतिक कार्यमा रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
स्रोत हाम्रोपात्रो