बलात्कार आरोपी दीपक गिरीको घरमा आगलागी

न्युजलय १७ फाल्गुण २०७८, मङ्गलबार ०१:०७ मा प्रकाशित

विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ की १२ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगलागी भएको छ । लेटाङ ८ का ६४ वर्षीय दीपक गिरीको घरमा आगलागी भएको हो । 


सोमबार मृतक बालिकाको आफन्त र गाउँलेहरूले आरोपी गिरीको घरमा आगलागी गरेको वडाध्यक्ष भीमप्रसाद पोखरेलले बताए । आगलागीबाट गिरीको घर जलेर नष्ट भएको छ ।

 

बुधबार बेलुका स्कुलबाट घर फर्कने क्रममा बेपत्ता भएकी लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीय करुणा राईको शव शुक्रबार बिहान विभत्स अवस्थामा फेला परेको थियो ।


बालिकाको हत्या आरोपमा प्रहरीले शुक्रबार गिरीलाई पक्राउ गरेको थियो ।