कांग्रेसले सुनसरी ३ बाट विजय गच्छदार सर्वसम्मत उम्मेदवार सिफारिस

न्युजलय १९ भदौ २०७९, आइतबार ०७:५३ मा प्रकाशित

काठमाण्डौ । नेपाली कांग्रेसले भ्रष्टाचार मुद्दा खपेर सांसद पदबाट निलम्बनमा परेका विजय गच्छदारलाई पनि सुनसरी ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।

क्षेत्रीय सभापति मेहेदी हुसेनका अनुसार गच्छदारको एकल नाम क्षेत्रीय समितिले सर्वसम्मत सिफारिस गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको बालुवाटारको ललिता निवासको जग्गा प्रकरणबारेको मुद्दा अहिले पनि विचाराधीन छ। अदालतले सफाइ नदिएसम्म उनले चुनाव लड्न पाउने छैनन्। 

२०७४ को निर्वाचनमा एमालेकी भगवती चौधरीलाई हराएर गरेर प्रतिनिधि सभामा छैटौंपटक जितेका कांग्रेस नेता गच्छदार २०७६ माघ २२ मा भ्रष्टाचार मुद्दा लागेपछि सांसद पदबाट निलम्बित बनेका थिए।