विराटनगर । विराटनगर –१५ बाट लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका–९ सिन्धुपाल्चोकका ३८ वर्षीय सन्दीप खड्का, काठमाडौं महानगरपालिका–१५ स्वयम्भुका २३ वर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका–५ रामेछापका ३४ वर्षीय कृष्णबहादुर मगर रहेका छन्।
आइतबार राति इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोबाइल गस्ती टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ब्राउन सुगर १ दशमलव ६ ग्राम र नगद १ लाख ५ हजार बरामद गरेको हो।
पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ।