पाँचथरमा आगोले जलेर एक जनाको मृत्यु

न्युजलय २३ फाल्गुण २०७८, सोमबार ०४:५८ मा प्रकाशित

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–८ का ५० वर्षीय मणिकुमार माङमुको आगोले जलेर मृत्यु भएको छ । 

स्थानीय लालकुमार तामाङकी छोरीको बिहेको निम्तो मान्न गएका माङमको आगोले जलेर मृत्यु भएको हो ।

उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाईको खोले पकाउने अँगेनो नजिकै बसेका उनको ज्यान गएको हो ।

उनको कसरी मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।