कानेपोखरीको जङ्गलमा पुरुषको शव फेला

न्युजलय २१ पुस २०७८, बुधबार ०६:२० मा प्रकाशित

इटहरी । मोरङको कानेपोखरीस्थित जङ्गलमा पुरुषको शव फेला परेको छ । 

शव शुक्रबारदेखि घरबाट हराइरहेका रमाइलो घर भएका ६३ वर्षीय मात्रिका धिमालको रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

कार्यालयका अनुसार जङ्गलबाट दाउरा लिन गएका धिमाल सम्पर्कविहीन भएकोमा हिजो बिहान मृत फेला परेका हुन् । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।