५ वर्षमा व्यापार सन्तुलन गर्ने घोषणा

न्युजलय १५ जेठ २०७९, आइतबार १०:२८ मा प्रकाशित

काठमाडौं । सरकारले आयात घटाउँदै लगेर पाँच वर्षमा व्यापार सन्तुलन गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट भाषणमा आगामी आर्थिक वर्ष नेपालको आयात २० प्रतिशतले घटाउने अर्थमन्त्री जनार्दन शर्माले बताए । 

उनले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने घोषणा गरे । यस्तै, आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने र त्यसका लागि निर्यात प्रोत्साहन गर्न सरकार लागि पर्ने समेत बताए ।