उर्लाबारीका बेपत्ता पुरुष जंगलमा मृत भेटिए

न्युजलय ७ भदौ २०८०, बिहिबार ०६:२१ मा प्रकाशित

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित जंगलभित्र बुधबार एकजना पुरुष मृत फेला परेका छन् । 

सालबारी सामुदायिक वनभित्र उर्लाबारी–७ का ६० वर्षीय गंगाबहादुर पौडेलको शव भेटिएको मोरङ प्रहरीकाले जानकारी दिएको छ । 

‘पौडेल दुई दिनदेखि बेपत्ता बनेको खुलेको प्रहरीले जनाएको छ । पछि बुझ्दै जाँदा शव पौडेलको रहेको पत्ता लागेको हो । 

घाँस दाउरा गर्न जंगल गएकाहरूले साँझ ५ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । घटनास्थलनजिकै विषादीको जस्तो देखिने बट्टा फेला परेको छ ।

विषादी सेवनबाटै मृत्यु भएको हो कि घटनाको अरु कुनै कारण छ भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लागिएको छ ।




‘