पेट्रोलियम पदार्थको मूल्य बढ्यो

न्युजलय ३२ बैशाख २०७९, आइतबार ०२:१२ मा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। शनिबार रातिदेखि लागू हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको साबिकको मूल्यमा दश रुपैयाँ प्रतिलिटर बढाएको हो।


निरन्तर घाटा रहेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।


निगमका अनुसार पेट्रोल अब प्रतिलितर १७० पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १५३ रुपैयाँ कायम हुनेछ।


मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रुपमा चार अर्ब २५ करोड रुपैयाँ अनुमानित घाटा रहेको जनाइएको छ।