काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट पानी हालिएको छ । तर पनि नियन्त्रणमा नआएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।
बुढानिलकण्ठबाट पूर्वतिर तारेभिरको जंगलमा दिउँसो २ बजेदेखि आगलागी भएको भन्दै प्रहरी कहाँ खबर पुगेको थियो । त्यसपछि नेपाली सेना, वनको टोली परिचालन गरेर नियन्त्रणमा लिने प्रयास गरिएको थियो ।
एसपी मैनालीका अनुसार अहिले साँझ परेकाले हेलिकप्टरबाट पानी हाल्न रोकिएको छ । यसअघि पनि शिवपुरीको जंगलमा आगलागी हुँदा हेलिकप्टरबाट पानी हालिएको थियो ।