ताप्लेजुङमा भूकम्पको धक्का

न्युजलय १३ बैशाख २०७९, मङ्गलबार ०२:३८ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ ।  


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङ उत्तरी क्षेत्र ओलाङचुंगोला केन्द्रविन्दु भएर आज साँझ ७ः१७ बजे ३.५ रेक्टर स्केलको भूकम्प गएको हो।


उक्त भूकम्प २०७२ सालमा आजैका दिन आएको गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ।