सुन मूल्यले बनायो नयाँ कीर्तिमान

न्युजलय २५ फाल्गुण २०७८, बुधबार ०५:२३ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य कीर्तिमानी विन्दुमा पुगेको छ । 

बुधबार(आज) छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

अघिल्लो दिनको तुलनामा आज सुन २५ सय रुपैयाँ प्रतितोला बढेको छ । तेजावी सुनको मूल्य भने १ लाख ५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य बुधबार १ हजार ४५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ४० रुपैयाँले बढेको हो ।