श्रीएअरको जहाज साढे दुई घण्टा आकाशमै, यात्रुहरुको रुवावासी

न्युजलय १५ चैत २०८०, बिहिबार ०७:४८ मा प्रकाशित

काठमाडौँ । धनगढीबाट काठमाडौंका लागि उडेको श्रीएअरको फ्लाइट नम्बर २२८ खराव मौसमका कारण दुई घण्टा २२ मिनेट आकाशमै फन्को मारेपछि यात्रुले सास्ती भोग्नुपरेको छ ।

धनगढी–काठमाडौंको उडान समय ५० देखि ५५ मिनेट हो । धनगढीबाट ७ः२२ बजे उडेको सो जहाज मौसम खराव हुँदा काठमाडौबाट फर्किएर भैरहवामा आपतकालीन अवतरण गरिएको हो । 

श्रीएयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीका अनुसार ८० सिट क्षमताको सो जहाजमा दुई बच्चासहित ७७ जना यात्रु सवार थिए । धनगढीबाट उड्दा काठमाडौंको मौसम ठिक थियो तर एकाएक विग्रेपछि जहाज भैरहवा पुगाइएको थियो । नेपालगञ्जबाट उडेको जहाज पनि भैरहवा अवतरण गरिएको थियो ।

जहाज अवतरण हुन नसकेका कारण चालक र परिचालकले यात्रुलाई नबताएपछि यात्रुहरुबिच रुवावासी चलेको थियो ।