मादी बस दुर्घटनाः मृतकका परिवारलाई नगरपालिकाले एक लाख दिने

न्युजलय ३० फाल्गुण २०७८, सोमबार ०८:३४ मा प्रकाशित

संखुवासभा । संखुवासभामा बस दुर्घटनामा परी १५ जनाको मृत्यु भएको घटनामा मादी नगरपालिकाले मृतकको परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ।

मादी नगरपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको बताइएको छ । यस्तै बैठकले घाइतेहरूलाई ५० हजार रुपैयाँ समेत दिने निर्णय गरेको हो।

गत बिहीबार बिहान मादी–६ स्थित सात घुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो। चार जना घाइते समेत भएका थिए।