जनकपुरधाममा दुई दिन मासु मदिरा निषेध

न्युजलय ३ चैत २०७८, बिहिबार ०१:१० मा प्रकाशित

जनकपुरधाम । जनकपुरधाम क्षेत्रभित्र दुई दिन माछा, मासु मदिरा बिक्री बितरण तथा सेवन गर्न रोक ललाइएको छ । धनुषा प्रशासनले मिथिला परिक्रमाको टोली बिहीबार जनकपुरधाम प्रवेश गर्ने भएकाले बिहीबार र शुक्रबार माछा, मासु, मदिरा बिक्रीमा रोक लगाइएको जनाएको छ ।

दुई दिन लागूऔषध, मदिरा, भाँग र अन्य उत्तेजक मादक पदार्थ खाएर सबारी साधन चलाउन, हुलहुज्जत गर्न, चर्को स्वरमा बाजा बजाउन र डिजे संचालन नगर्न भनिएको छ । यस्तै, होली पर्व मनाउने नाममा जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने जस्ता अराजक कार्य पनि नगर्न सचेत गराइएको छ ।