बर्दियामा पाटे बाघ मृत भेटियो

न्युजलय ८ चैत २०७८, मङ्गलबार ०२:०८ मा प्रकाशित

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा पाटे बाघ मृत भेटिएको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार सोमबार बेलुका बाघ मृत भेटिएको हो ।


कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता अगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको छ । जंगलमा कुहिएको जस्तो गन्ध आएपछि खोजी गर्दा बाघ मृत फेला परेको सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए ।


बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ ।