इटहरी । तीन तहका सरकारले सञ्चालन गरको विकासको काम अस्तव्यस्त हुँदा कोशी टप्पु बन्यजन्तु आरक्षलाई समस्या परेको आरक्षका वार्डेन रामचन्द्र खतिवडाले बताएका छन् । सरकारले सडक तथा विद्युत् विस्तार गर्दा यहाँको पर्यावरणीय सन्तुलनलाई ख्याल नगर्दा आरक्षले समस्या खेप्नु परेको उनको भनाई छ ।
‘कोशी टप्पुको अहिलेको मुख्य समस्या भनेको संरक्षण र विकासलाई सन्तुलन गर्न नसक्नु हो’, वार्डेन खतिवडाले भने, ‘हाम्रो कार्यालय छोउटा हाइवे गएको छ । यस्तै तल काशी ब्यारेज छ यस्तै विचमा पनि रेलवे र मेघा हाइवेको प्रस्ताव आइरहेको छ । इन्फ्रास्टक्चर, हाइटेन्सन लाइन र अन्य विकासका योजनाहरु कोशी टप्पुलाई असर गर्ने गरि आइरहेका छन् ।’ यहि कारण मानव बन्यजन्तु द्वन्द बढेको उनको बुझाइ छ ।
यता खुल्ला रुपमा आरक्ष क्षेत्रभित्र गाईगोरु, भैँसि राँगा जस्ता घरपालुका जानावर छोड्नाले पनि आरक्षमा रहेका पसुपंक्षिलाई असर पुगेको उनले जानकारी दिए । यसले गर्दा यहाँ पाइने अर्नाको संख्यामा ह्रास आएको उनको भनाई छ । यसका कारण यहाँ पाइने रैथाने अर्नामा भैँसीको प्रजाती हाबी भएको उनले जानकारी दिए ।
‘यहाँ ४९८ वटा अर्ना रहेका छन् । गाई भैँसी भने २ हजार भन्दा धेरै छन्’, उनले भने, ‘स्थानीय यसरी खुल्ला रुपमा आरक्षमा पसुचौपाय छोड्दा नश्ल क्रस भई अर्जीनल अर्ना पाउनै गाह्रो हुन थालेको छ ।’ कोशी टप्पु बन्यजन्तु आरक्ष संघिय सरकारको क्षेत्राधिकार पर्ने भए पनि अब ऐन संसोधन नै गरेर भए पनि प्रदेश र स्थानीय सरकारले समेत यसको विकासमा भूमिका खेल्नुपर्ने उनको जोड छ ।
अहिले स्थानीय सरकारले आफूहरुलाई सहयोग गर्नुको सट्टा स्थानीय जनतालाई यो गर्नुपर्यो त्यो गर्नुपर्यो भनेर समस्या लिएर आउने गरेको उनको दुखेसो छ । ‘स्थानीय तहका जनप्रतिनिधिले सहयोग भन्दा पनि यहाँका जनताका समस्या लिएर मात्रै हामी कहाँ आउनुहुन्छ । अब समस्या मात्रै उठाउने भन्दा पनि आवाज पनि उठाउने तर त्यसमा सहयोग गर्ने पनि गर्नुपर्छ र त्यस किसीमको संयन्त्र पनि बनाउनु आवश्यक छ’, उनले भने, ‘हामी संघियतामा गए पनि हाम्रो ९आरक्ष प्रशासनको० काम गर्ने तरिका पुरानै छ अर्थात् संघिय सरकराले मात्रै गर्न पाउँछ । अब हामीले नीति, नियम र ऐनहरुलाई संसोधन गरेर कसरी स्थानीय सरकार र प्रदेश सरकारलाई पनि यसको विकास र संरक्षण सहभागि गराउने भनेर लाग्नुपर्छ ।’