विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० की एक महिलामाथि सुतेकै ठाउँमा छुरा प्रहार भएको छ ।
प्रहरीका उनका अनुसार महिलाको घाँटीमा धारिलो हतियार प्रहार गरिएको चोट छ । उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घर बाहिर बरण्डमा एक्लै सुतेकी घिमिरेमाथि राति १२ बजेतिर अज्ञात व्यक्तिले छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार घटना हुँदा महिलाका छोरा–छोरी घरभित्र सुतेको र पति घरबाहिर रहेको पाइएको छ ।
छुरा प्रहार पछि फरार रहेकाको खोजि भइरहेको र घटनाको अनुसन्धान सुरु भएको बताइएको छ ।