पाँचथर । पाँचथरको उच्च पहाडी क्षेत्रमा पर्ने फालेलुङ गाउँपालिकाको धुपीडाँडामा लेक लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको फालेलुङ गाउँपालिका–५ का ३१ वर्षीय विशाल मगरको लेक लागेर बिहिबार (आज) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आहाल भन्ने ठाउँमा रहेको चौरी गोठमा जाने क्रममा हिउँको कारण लेक लागेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
भाइ विक्रम मगरसँग आहाल जाँदै गर्दा हिउँमा हिँड्न नसकेर घर फर्कने क्रममा विशाललाई लेक लागेको थियो ।