मोरङ । विराटनगरमा प्रहरीले व्यापारी कुटेको आरोप लागेको छ । लक्ष्मीपुजा मनाउने क्रममा रहेका व्यापारीमाथि प्रहरीले कुटपिट गरेका हुन् ।
विराटनगर महानगरपालिका शनि मन्दिर रोडमा रहेको केके हार्डवेयरका सञ्चालक भरत अग्रवालले राति १० बजेतिर प्रहरीको टोलीले जबरजस्ती पसल बन्द गर् भन्दै गाली गलौज गरेको आरोप लगाए ।
पछि फेरि अरु प्रहरी आएर गाली गर्दै पक्राउ गरी वडा प्रहरी कार्यालय लगेको उनको भनाइ छ । विराट व्यापार संघका अध्यक्ष सुजन थापाले घटनाबारे राति नै थाहा पाएर पसल सञ्चालकलाई प्रहरीबाट छुटाएको जानकारी दिए।
बुधबार जिल्ला प्रशासन कार्यालय मोरङले कोभिड १९ को सुरक्षार्थ राति १० बजेसम्म मात्र बजार खुला राख्न निर्देशन दिएको छ ।