आज प्रदेश १ सहित केही स्थानमा हल्कादेखि सामान्य वर्षाको सम्भावना

न्युजलय २० भदौ २०७९, सोमबार ०१:५० मा प्रकाशित

काठमाडौं । आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताका छन् ।


मौसमविद् मञ्जु बासीका अनुसार आज खासै ठूलो पानी पर्ने सम्भावना छैन । तर, मेघगर्जन र चट्याङ पर्ने भएकाले सावधानी अपनाउन उनको आग्रह छ ।


अहिले मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ ।


आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्को भनाइ छ ।