काठमाडौं । बझाङमा बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठाजुलाई पक्राउ गरेको छ।
२२ वर्षीया बुहारी बलात्कार गरेको उजुरी परेपछि ४२ वर्षीय जेठाजु पक्राउ परेका हुन्।
पक्राउ परेका जेठाजुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
महिलालाई स्वास्थ्य परीक्षणपछि सुरक्षित घरमा राखिएको बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए।